संघीय संसद्को हिउँदे अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी (भिडियाे)

शनिबार, पुस २८, २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् ।
शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको जानकारी दिइन् ।
‘चलचित्र सम्बन्धी ऐन चाँडै’
सञ्चारमन्त्री शर्माले चलचित्र सम्बन्धी ऐन संसदीय अधिवेशनमा पेश गर्ने तयारीमा रहेको बताएकी छिन् ।  केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) र सरोकारवालाबिचको अन्तरक्रियामा उनले २०२६ सालको कानुनले अहिलेको आवश्यकता पूर्ती गर्न नसक्ने भन्दै नयाँ ऐन संसदीय अधिवेशनमा तयारी गरेर पठाउने प्रक्रियामा रहेको बताइन् । 
उनले भनिन्, ‘०२६ सालको कानुनले अहिलेको आवश्यकता पूर्ती गर्न सक्दैन्, कानुनभन्दा बाहिर हामी जान पनि सक्दैनौं । त्यस कारण कानुनलाई समयसापेक्षित बनाउने काम सबैभन्दा महत्वपूर्ण हो र यसका लागि प्रयासरत छौं । अहिले हामीले अर्थ र कानुनमा सैद्धान्तिक स्विकृतीका लागि पत्र पठाइसकेका छौं । सम्भवत संसदीय अधिवेशनमा पेश गर्ने गरेर ऐनलाई तयारी गरेर पठाउने प्रक्रियामा छौं । यसबाट नेपालको चलचित्र क्षेत्रमा अहिले बनाउने कानुनले महत्वपूर्ण अर्थ राख्नेछ ।’ 
उनले चलचित्र क्षेत्रको समस्या समाधानको लागि नीतिगत र बजेटबाट गर्नुपर्ने सुधारको लागि मन्त्रालय तयार रहेको पनि बताइन् ।  
उनले भनिन्, ‘अब आउने बजेट, कार्यक्रम, सिद्धान्त, प्राथमिकतामा हामीले चलचित्रसँग सम्बन्धित विषयहरुको के व्यवस्था गर्नुपर्छ । मन्त्रालयको भूमिका के हुने भन्ने विषयमा पनि सुझाव दिने हो भने त्यसलाई प्रभावकारी तरिकाले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग सहकार्य गरेर समस्या समाधानको लागि नीतिगत रुपमा र बजेटका सवालमा हामी मेहेनत गर्नेछौ ।’
सेन्सर बोर्डले समस्या अभावकाबिचबाट जसरी काम गरेको छ त्यसको लागि धन्यवाद दिदैँ यसको सहजीकरणको लागि प्रयासरत रहेको उनको भनाइ छ ।नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको उनको धारणा थियो ।
नेपालको चलचित्र क्षेत्रमा अब बनाउने कानुनले महत्त्वपूर्ण अर्थ राख्ने उनको धारणा थियो । ‘अहिले प्रतिस्पर्धाको जमाना छ । नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य हाम्रा चलचित्र बनाउनुपर्नेछु उनले भनिन्,’अहिले हामीलाई बाहिरका चलचित्र चल्छन्, तर नेपाली चलचित्र चल्दैनन् भन्ने छ । कलाकारलाई समस्या छ । यो समस्या हटाउन हामीले छलफल गर्नुपर्छ । गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ । राज्यले पनि स्वदेशी चलचित्रको प्रमोसनका लागि के गर्दा फाइदा हुन्छ, त्यो विषयमा बढी ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार