अन्तरधार्मिक आयोगको मागसहित धार्मिक अगुवाहरू सिंहदरबारमा 

शनिबार, पुस २८, २०८०

काठमाडौं । संघीय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरूको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेका छन् ।  सिंहदरवारस्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरूले नेपालको संविधानको भावनाको कदर गर्दै ‘अन्तरधार्मिक आयोग’ गठन गर्न मन्ण्त्री किरातीसँग माग गरेका छन् । छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य एकनाथ ढकालले धार्मिक क्षेत्रले  शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नु पर्ने बताउँदै अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि प्रकाश पारे ।  मन्त्री किरातीले आफू देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउँदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरूसँग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको उल्लेख गर्दै प्रतिनिधिमण्डललाई प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरी यस विषयमा थप प्रकाश पार्न सुझाब दिए ।   उनले विविधता नेपालको सम्पति र सुन्दरता रहेको भन्दै मध्य पहाडी क्षेत्रमा बहुसांकृतिक महारेखाको अवधारणा अघि सार्ने भन्दै निकट भविष्यमा मन्त्रालयले सांकृतिक सम्लेलन गर्ने जानकारी दिए । छलफलमा धार्मिक अगुवाहरू भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा.केबी रोकाय, डा.महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशवप्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहांग, बहाई गुरु डा.नरेन्द्र पाण्डे, डा.पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोषकुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेतीलगायत विभिन्न आठ धार्मिक समुदायको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार