ठगी गर्ने कन्सलटेन्सीहरु कारवाहीमा पर्छन् : सचिव अधिकारी

शनिबार, पुस २८, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेशअधिकारीले मन्त्रालय कन्सलटेन्सी (परामर्शदाता) हरुसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् ।  शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभामा उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको जानकारी गराउँदै यसका लागि परामर्शदाताहरुसँग सल्लाह सुझाव लिंदै सहकार्य गर्न चाहेको बताएका हुन् ।  उनले भने, ‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुदैँन्, हामी सहकार्य गर्न चहन्छौ । यतिबेला हामी उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा छौं । शैक्षिक परामर्शलाई कस्तो बनाउने, कानुनमा कुन रुपमा राख्ने भन्ने विषयमा तपाइँहरुसँग सल्लाह गर्छौ ।’ कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताए ।  उनले विद्यार्थीहरु राम्रो भविष्य र रोजगारीको लागि बाहिरिने गरेको भन्दै यसलाई रोक्नको लागि देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास दिलाउन आवश्यक भएको बताए  ।  यस्तै, उनले शैक्षिक परामर्शको नाममा ठग्ने संस्थाहरुलाई कारवाही गर्न र राम्रो संस्थालाई प्रोत्साहन गर्न कानुन निर्माण गर्ने पनि बताए ।  उनले भने, ‘बाहिर जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श व्यवसायी संघको आवश्यकता पर्छ । तर ठगी गर्ने नियतले खोलिएको संस्थाहरुलाई भने कडाईका साथ कारवाही गर्नुपर्ने हुन्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, गलत गर्नेलाई कारवाही गर्ने गरी कानुन बनाउँदै छाैं ।’

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार