दिवंगत चार स्रष्टामा कृति एकसाथ लोकार्पण

शुक्रबार, पुस २७, २०८०

काठमाडौं । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका दिंवगत चार स्रष्टाका कृति बिहीबार एक समारोहबीच लोकार्पण गरिएको छ । वानीरा फाउण्डेसनका संरक्षक ई.शंकर गिरीले डा.ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त,’ ‘प्रेमा शाह,’ ‘राजनारायण प्रधान’ र ‘विरह’को एकसाथ लोकार्पण गरेका हुन् । समारोहमा नई प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईंले दिवंगत स्रष्टाहरुको योगदानलाई जीवन्त राख्नका लागि कृति प्रकाशन गरिएको जानकारी दिए । लोकार्पित कृतिहरुमध्ये ध्रुव शर्मा मुडभरी आफैंले लेखेको ‘लुकेको वृतान्त’ उनका छोरा डा.अनिषको अगुवाइमा प्रकाशनमा आएको हो । ‘बुबाले करिब ५० वर्ष स्वास्थ्य क्षेत्रको सेवामा बिताउनुभयो । कोरोनाका कारण उहाँको देहावसान भयो । उहाँको योगदानलाई अमर राख्ने जमर्को गरेका हौं,’ डा.अनिषले भने ।  त्यस्तै बिहीबार नै लोकार्पण भएको प्रेमा शाहको जीवनीलाई अणुराज जोशीले अंग्रेजीमा रुपान्तरण गरेका हुन् । भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधानको जीवनीकृतिलाई भने नरेन्द्रराज प्रसाईले लेखेका हुन् । त्यस्तै शिक्षा, साहित्य र समाजसेवाका क्षेत्रमा सक्रिय नारायणप्रसाद मिश्रको ‘विरह’ नई प्रकाशनले प्रकाशन गरेको हो । 
लोकार्पण समारोहमा फाउण्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईले सन्तानहरु असल भएनन् भने अग्रजका कृति हराउने गरेको उल्लेख गर्दै ध्रुव शर्माको योगदानलाई जीवन्त राख्न डा.अनिष र मीना मुडभरीले गरेको कर्मलाई प्रशंसा गरिन् । सो अवसरमा वानीरा गिरीको सालिकमा माल्यार्पण पनि गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार