सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

बिहीबार, पुस २६, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।  प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको हो । 
आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । भुवा पर्व विशेषगरी बाजुरा र बझाङमा उल्लासपूर्वक मनाउने गरिएपनि पछिल्लो समय कैलाली र कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार