डा.गोविन्द केसीसहित सात प्रदर्शनकारी पक्राउ

शनिबार, पुस २१, २०८०

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा.गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । 
शनिबार काठमाडौंको माइतीघरमा  सशस्त्र द्धन्द्वका पीडितलाई न्याय एवम सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखेर आन्दोलनमा उत्रिएका डा.केसीसहितका प्रदर्शनकारी पक्राउ परेको डा.केसी निकट संजिव कार्कीले जनाएका छन् ।
शनिबार दिउँसो सुशासनका लागि अभियानले सरकारलाई दवावमुलुक कार्यक्रम आयोजना गरेको थियो । सोही अभियानमा सहभागी भएका डा.केसीसहित पुकार बम, शशीविक्रम कार्की लगायतका प्रदर्शनकारी पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार