ललितपुरले पायो नयाँ सीडीओ र प्रहरी प्रमुख

शनिबार, पुस २१, २०८०

काठमाडौं । गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई दिएको छ भने प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई दिएको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।
यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनाललाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।  ईपीएस परीक्षालाई लिएर केही दिन अघि ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको थियो । 
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार