टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार राति काठमाडौंबाट उनलाई पक्राउ गरेको हो ।
परिसरका एसपी कुमोद ढुङ्गेलले भट्ट पक्राउ परेको पुष्टि गरे । हाल उक्त एपको सेवा ज्याप सर्भिसेस प्रालिमार्फत रिब्रान्डिङ भई ‘टुटल बाई ज्याप’को नामबाट सञ्चालन भइरहेको छ । 
टुटलका तत्कालीन साझेदारहरूले भट्टमाथि आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकारको उलङ्घन गरेको भन्दै नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएको र त्यसमा आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टुटलको स्वामित्व हस्तान्त्रण गरेर भट्टले आफूले मात्रै लाभ लिएको आरोप लागेको छ । म्याद थपका लागि अदालत लगिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार