जनकपुरधामबाट अयोध्यास्थित रामदरबारमा कोसेली पठाइँदै

बिहीबार, पुस १९, २०८०

काठमाडौं । अयोध्यामा निर्माण राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जनकपुरधामबाट आज भार (कोसेली) पठाइँदैछ ।  
सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ ।
नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो । 


जानकी मन्दिर प्राङगनमा कोसेली तयारी अवस्थामा राखिएको बताउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर आज बिहान ८ बजे जनकपुरधामबाट निस्किने कार्यक्रम रहेको बताए । 
बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्ने र  त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगंजमा रात्री बास बस्ने उनले बताए ।
शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताइएको छ । 
शनिबार बिहान ९ बजे भारलाई राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने गरि जनकपुरका लागि फर्किने योजना रहेको उनको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार