घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

बिहीबार, पुस १९, २०८०

काठमाडौं । बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । आज १ अमेरिकी डलरको खरिद दर १३२.९५ रुपैयाँ रहँदा बिक्री दर १३३.५५ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ र बिक्री दर १३३.६२ रुपैयाँ कायम थियो । यस्तै, १ युरोको खरिद दर आज १४५.२२ रुपैयाँ कायम भएको छ। बिक्री दर १४५।८८ रुपैयाँ छ । बुधबार १ युरोको खरिद दर १४६.०३ रुपैयाँ र बिक्री दर १४६.६९ रुपैयाँ थियो । आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६७.८३ रुपैयाँ र बिक्री दर १६८.५९ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.५४ रुपैयाँ र बिक्री दर १६९.३० रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार