ललितकलाका तीन कृति विमोचन 

बिहीबार, पुस १२, २०८०

काठमाडौं । मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा संकलित पुस्तकहरू ‘कलाका कुरा,’ ‘मेरो कामना’ र ‘सिर्जना र विवेचना’ विमोचित भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र ‘आरम्भ’ (नेपाली समसामयिक मूर्तिकारहरूको समूह) को संयुक्त आयोजनामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ती कृति सार्वजनिक गरिएको हो ।  प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवश लगायतले कृति सार्वजनिक गरेका हुन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा भएको बताए । प्राज्ञ ज्ञानेन्द्र विवशले मैनाली समग्र नेपाली कलाको दस्तावेजको भएको बताउँदै उनको कृतित्वलाई कलाकार, विद्यार्थीले सन्दर्भ सामाग्रीको रूपमा लिने भनाइ राखे ।   कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति हार्तम्छालीले सम्पदा भएको भन्दै उनीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्दै जानुपर्ने बताए । मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तकहरू वास्तव मै कला  इतिहासका दस्तावेज भएको बताए । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार