फोहोरको पैसा तिर्नु पर्दैन ललितपुर–२८ का वडावासीलाई (भिडियो) 

बिहीबार, पुस ५, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २८ नं वडाका वासिन्दाले फोहोर वापतको रकम तिर्नु पर्दैन । वडा कार्यालयले वडावासीलाई निःशुल्क फोहोर व्यवस्थापनका लागि सघाएको छ । वडा नं २८ का वडाअध्यक्ष बीरेन्द्र महर्जनले शब्दपाटी डिजिटल मिडियाको जनप्रतिनिधिसँग शब्दपाटी कार्यक्रमसँग कुराकानी गर्दै वडावासीलाई आफूले चुनावका बेला गरेको प्रतिवद्धता अनुसार सेवा दिएको जानकारी दिनुभयो । बहुसंख्यक नेवारी बस्ती रहेको यो वडाका ४० देखि ५० प्रतिशत वडावासी अहिले पनि कृषि पेशामा आवद्ध रहेको उहाँले जानकारी दिनुभयो । वडा भित्र रहेका चारवटा गुठीहरूमार्फत संस्कृति जोगाउने कार्य गरिरहेको उहाँले बताउनुभयो । उहाँले चक्रपथ बाहिर र भित्रका वडामा समान कर प्रणाली लागू गर्ने महानगरको नीतिप्रति वडावासीले असन्तुष्ठि जनाइरहेको पनि स्मरण गर्नुभयो । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार