महालक्ष्मीमा राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिन, आज विभिन्न विधाका प्रतियोगिता हुँदै 

सोमबार, मंसिर २५, २०८०

ललितपुर । लललितपुरको महालक्ष्मी नगरपालिकामा आइतबारदेखि सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज विभिन्न विधाका प्रतियोगिता हुँदैछन् । प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्री प्रदेश सांसद रामेश्वर श्रेष्ठले गरेका थिए ।  

May be an image of 2 people, speaker and dais
ओलम्पिक ज्योति बालेर मार्च पास र साँस्कृतिक कार्यक्रम सहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उदघाटन गरिएको हो । 
प्रमुख अतिथि बागमती प्रदेश सांसद रामेश्वर श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । 

May be an image of 3 people and dais
सिद्धिपुरको डनबस्को स्कुलमा आयोजित उद्घाटन समारोहमा महालक्ष्मी नगर उपप्रमुख लक्ष्मी महर्जन, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरू सहभागी भएका थिए ।
प्रतियोगितामा महालक्ष्मी नगरपालिका अन्तर्गतका ४१ वटा भन्दा धेरै बिध्यालय का प्रिन्सिपल, ब्यवस्थापन समिति अध्यक्ष , बिद्यार्थी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले स्वस्थ्य बन्न उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री एवमं प्रदेश सांसद श्रेष्ठले मानिसको जीवनमा खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए । 

May be an image of 3 people
उनले महालक्ष्मी नगरपालिकाले प्रतिभा प्रष्फुटन गर्ने अवसर सिर्जना गरेको बताउँदै नगर, जिल्ला हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी हुने गरी खेल कौशल वृद्धि गर्न अपिल गरे ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिकाले खेलकूदसँगै विद्यार्थीको क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले केही समयपछि अन्य नगरपालिकासमेत सहभागी हुने महालक्ष्मी नगर कप प्रतियोगिताको तयारीमा जुट्न विद्यार्थी खेलाडीहरुलाई आग्रह गरे ।
नगर उपप्रमुख लक्ष्मी महर्जनले जित्नका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण रहेको बताइन् । 

May be an image of 7 people, dais and text
उनले शारिरीक विकासका लागि पनि खेलको महत्व रहेको बताइन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी पौडेलले प्रतियोगितामा चार वटा विधामा ४० विद्यालयका १४५० विद्यार्थी खेलाडी सहभागी भएको जानकारी दिए ।  उनले प्रतियोगिताले खेलकुदको विकास र समृद्धिका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिता महालक्ष्मी नगरपालिकाका डनबस्को विद्यालय, माउण्टओलिभ, पवन प्रकृति र नमूना विद्यालयमा सञ्चालन हुनेछ ।

May be an image of 6 people, dais and text
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स (दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) मा छात्र र छात्रातर्फका खेलमा खेलाडी विद्यार्थी सहभागी हुने पौडेलले जानकारी दिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन सत्रअघि आइतबार बिहान प्रभातफेरी गरिएको थियो । इमाडोलस्थित अशोक स्तुपाबाट सुरु भएको प्रभातफेरी महालक्ष्मी मन्दिर लुभुसम्म पुगेर सकिएको थियो ।

May be an image of 10 people, dais and text
प्रतियोगिता अवधि भर महालक्ष्मी नगरपालिकाले स्वास्थ्य कर्मीसहित निः शुल्क हेल्थ डेक्सको व्यवस्था गरेको छ । 

May be an image of 5 people, dais and text

May be an image of 5 people and textMay be an image of 7 people and text

May be an image of 5 people and text

May be an image of 11 people, people playing American football, people playing volleyball and people playing football

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार