ललितपुर महानगरले सुरु गर्‍यो यल च्याटबट 

आइतबार, मंसिर २४, २०८०

ललितपुर । ‘नक्सापास गर्न के के चाहिन्छ ? नक्सापास हुन कति दिन लाग्छ ?’ ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले यी दुई वाक्य लेखेर यल च्याटबटको सुरु गरेका छन् । 
ललितपुर महानगरले नागरिकलाई दिने सेवा सुविधाका बारेमा च्याटबटबाट जानकारी लिन सकिन्छ । महानगरको फेसबुक पेजमा गई म्यासेजमा गएर सेवा सुविधाका बारेमा जानकारी लिन सकिन्छ । 
ललितपुर महानगरले सुझाव र गुनासोहरु समेत च्याटबटबाट लिने व्यवस्था छिट्टै मिलाउने जनाएको छ । 
महानगरप्रमुख चिरीबाबु महर्जनले प्रविधिले सूचनाका लागि कार्यालय धाउनु पर्ने अवस्था अन्त्य भएको बताए । सुशासन कायम गर्नका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने प्रष्ट पारे । 
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले प्रविधिको प्रयोग गरी सूचना प्राप्त गर्न च्याटबटले सहज बनाउने बताए । 
प्रविधिले नागरिकसम्म सूचना पु¥याउन सहज बनाएको बताउँदै च्याटबटको प्रयोगका बारेमा नागरिकसम्म सूचना पु¥याउनु आवश्यक भएको बताए । सूचना अधिकारी देवप्रसाद गुरागाइँले च्याटबट शुसासन कायम राख्नका लागि च्याटबट भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार