काठमाडौं महानगरले २९ मंसिरमा महानगर दिवस मनाउँदै 

आइतबार, मंसिर २४, २०८०

काठमाडौं । यस वर्ष महानगर दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा हुने भएको छ । नगर कार्यपालिकाको २५ औँ बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले यस सम्बन्धी जानकारी दिए । मंसिर २९ गते महानगर दिवस मनाइन्छ । ‘गएका बर्षहरुमा दिवसकाको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ बसन्तपुरमा यस बर्ष सवारी प्रवेधमा निषेध गरेका छौँ । ठूलो स्पिकर राखेर गरिने कार्यक्रम रोकेका छौँ । यो निषेध अरुका लागि मात्र होइन । महानगरपालिका आफैँका लागि पनि हो । यसकारण यस बर्षको कार्यक्रम सैनिक मञ्चमा गर्न लागेका हौँ’, उनले भने । नगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो ।
बैठकमा महानगर दिवस मूल समारोह समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबैलाई कार्यक्रममा सहभागी हुन आव्हान गरिन् । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । मंसिर २७ गते बाँसुरी वादन प्रतियोगिता, २८ गते गुरु सम्मानको कार्यक्रम रहेको छ । 
कार्यपालिका बैठक हुनु अगाडि मूल समारोह समितिको बैठक बसेको थियो । बैठकमा उपसमितिका संयोजकहरुले तयारीका विषयमा जानकारी गराएका थिए । 
यसैगरी  कार्यपालिका बैठकका लागि ७ वटा प्रस्ताव थिए । जसमा विधायन समितिका २ वटा, प्रमुख प्रशासकीय अधिकृतबाट १ वटा, पूर्वाधार समितिबाट एउटा, राजस्व समितिबाट एउटा र सुशासन समितिबाट २ वटा प्रस्ताव पेश भएका थिए । यी प्रस्तावहरु क्रमशः मचाराजा महर्जन, बसन्त अधिकारी, राजेशकुमार श्रेष्ठ, नमराज पराजुली र ख्यामराज तिवारीले पेश गरे ।

WhatsApp Image 2023-12-10 at 11.28.52 (1)1702187478.jpegबैठकले विद्यालयको सम्पत्ति व्यवस्थापन र संरक्षण सम्बन्धी कार्यविधि २००, पार्क संरक्षण, सञ्चालन तथा व्यवस्थापन कार्यविधि २००, ग्रीन एम्बुलेन्स तथा सञ्चालन कार्यविधि २०० र स्वयम्भू व्यवस्थापन कार्यविधि २०० तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । अहिले स्वयम्भू व्यवस्थापन महासमितिले शुल्क उठाउने काम गरिरहेको छ । महासमितिको  लेखापरीक्षण कसरी भएको छ? शुल्क कुन अधिकार प्रयोग गरेर उठाइएको हो, जस्ता ६ वटा विषयमा प्रश्न सोधेर महानगरपालिकाले पत्र पठाएको, बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी गराए । बैठकले सामाजिक संघ संस्थाहरुमा वडा नं. ११ मा पर्ने नेपाल आँखा अस्पताल, वडा नं. ६ मा पर्ने शेर्पा सेवा केन्द्र, वडा नं. १४ मा पर्ने इस्लामिक संघ, वडा नं. १५ मा पर्ने आनन्द विहार र वडा नं. ८ मा पर्ने अन्धोपन निवारण संघलाई सम्पत्ति कर छुट दिने निर्णय गरेको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटीको सम्पत्ति कर छुटका लागि प्रस्ताव आएको थियो । यस विषयमा छलफल गर्दै वडा नं. १३ बाट शिफारिस आएपछि निर्णय प्रक्रियामा लगिने गरी टुङ्ग्याइएको छ ।
यसप्रकारको छुट सुविधा गैरनाफामुलक क्रियाकलाप सञ्चालन संघसंस्थालाई प्रदान गरिन्छ । छुट प्रदान भएपछि उद्देश्य परिवर्तन गरेर कसैले नाफामूलक क्रियाकलाप सञ्चालन गर्न थाले भने छुट दिएका अवधिको समेत कर लिने कानुनी व्यवस्था छ ।
बैठकले वडा नं. ३२ न्हाकटी मन्दिर परिसर विस्तार गर्न शर्मिला श्रेष्ठ साखः र निरव शाखको नाममा रहेको जग्गा र वडा नं. १७ पुष्पलाल मार्गमा रहेको ४ आना जग्गा अभिग्रहण गरेर पार्क निर्माण गर्न जग्गा प्राप्त गरी उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
प्रस्तावहरुमा नविन मानन्धर, ख्यामराज तिवारी, ईश्वरमान डंगोल र भुवन लामाले धारणा राख्नुभएको थियो । यसैगरी वडा नंं ११ का अध्यक्ष हीरालाल तण्डुकारले टेकु भवन निर्माण प्रगतिका विषयमा जानकारी माग गर्नुभएको थियो । 
बैठकमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठी र सार्वजनिक निर्माण विभागका प्रमुख राम थापालाई आफू सम्बन्धित विषयमा स्पष्ट पार्न समय दिइएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार