मेक्सिकोमा शक्तिशाली भूकम्प

शुक्रबार, मंसिर २२, २०८०

मेक्सिकोसिटी । मेक्सिकोसिटीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार बिहीबार दिउँसो २ बजेर ३ मिनेटमा  भूकम्प गएको हो । भूकम्पको तिव्रता ५.८ रेक्टर स्केल मापन गरिएको थियो । 
भूकम्पले मेक्सिको सिटीका भवनहरु नराम्रोसँग हल्लिएका थिए । भूकम्प पश्चात स्थानियहरु खुला सडकमा बसिरहेको एजेन्सीहरुले बताएका छन् । 
अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र पुएब्ला राज्यको मेक्सिको सिटीबाट करिब २०० किलोमिटर दक्षिणमा थियो  ।-एजेन्सी

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार