त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित १ जना पक्राउ

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वटा विस्कुट बरामद गरेको छ । चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन तस्करी कै लागि चन्द्र एक वर्षमा ३ पटक दुबई ओहोरदोहोर गरेको प्रहरीले जनाएको छ । 
विशेष सुराकीका आधारमा चन्द्रलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ । 
उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार