केही समूह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड 

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समूह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेको आरोप लगाएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण काम गरिरहे पनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे । 
‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले गरेका छन् त्यसबाट देशले कहिले प्रगति गर्दैन । त्यो ओरालो यात्रा मात्रै हुनेछ । आशा उत्पन्न गर्नु आजको एउटा चुनौती पूर्ण दायित्व पनि भएको महशुस गरेको छु’, उनले भने, ‘आशाविना कुनै पनि राष्ट्रले विकास गर्न सक्दैन । हामीसँग भएका सकारात्मक सम्भावना हेरेर आशा जगाउने तर्फ सबै लाग्ने हो भने नेपाल धेरै सम्भावना छ ।’ 
त्यस्तै उनले व्यवसायीक जिम्मेवारीबाट माथि उठेर काम गर्न लगानीकर्तालाई आग्रह गरे । ‘नेपालभित्र भएका व्यवसायीहरुले एउटा जिम्मेवार व्यवसायको मात्रै कुरा नगरेर यो जिम्मेवारीबोध व्यवसाय, राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक क्षेत्रमा जिम्मेवारीबोधको अनुभूती गराउँनु आजको निकै ठूलो आवश्यकता बन्न गएको छ’ उनले भने । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार