त्रि.वि.शिक्षण अस्पतालमा संचालनमा आयो ‘पोइजन सूचना केन्द्र’ 

बिहीबार, मंसिर २१, २०८०

काठमाडौं । काठमाडौंको त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा ‘पोइजन इन्फरमेसन सेन्टर’ को औपचारिक सुरु गरिएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहिबार ‘पोइजन इन्फरमेसन सेन्टर’ को औपचारिक उद्घाटन गरेका हुन् । त्रि.वि. शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागमा स्थापित पोइजन इन्फरमेसन सेन्टर’ विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले संचालनमा ल्याइएको हो । ब्राउन इमर्जेन्सि मेडिसिन र आस्क फाउन्डेसनको सहयोगमा संचालनमा आएको सो सेन्टरले, विज्ञहरुमार्फत पोइजन सेवा सम्बन्धी आवश्यक  सल्लाह सुझावसमेत प्रदान गर्ने छ । 
ब्राउन युनिभर्सिटीका सह प्राध्यापक डाक्टर रामु खरेलले, सूचना केन्द्रको सही प्रयोगबाट विष धेरैको ज्यान बचाउन सकिने बताए । उनले सूचना केन्द्र विषाधिका कारण ज्यान जोखिममा परेकाहरुको जीवन रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 
सेवन पछिको उपचारका बिषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नै नेपालको पहिलो सेन्टर भएको उनको दाबी छ । 
नेपालमा वर्षेनी ६ हजार ९ सय ३३ जनाले आत्म हत्या गर्ने गरेको तथ्यांक प्रस्तुतगर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिशतसम्म विष सेवन गर्ने गरेको जानकारी दिए । आज स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ । विष सेवनबारे आवश्यक जानकारी लिनु परेमा ०१ ४५०२०११ मा फोन गर्न सकिने छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार