खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्र गौतम 

बिहीबार, मंसिर २१, २०८०

ललितपुर । खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । 
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको अध्यक्षमा गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको हो । गौतम ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख हुन् । यसैगरी गौतमले केयूकेलको एमडी/जिएमको जिम्मेवारी समेत सम्हालिसकेका छन् । 
नेपालभरकोे सरकारी तथा गैरसरकारी स्तरबाट खानेपानी तथा ढल निकास सेवा संचालन गर्ने संस्थाहरुले पेश गरेको महसुल निर्धारण प्रस्तावलाई अध्ययन, अनुमन मूल्याङकन गरी खानेपानीको महसुल निर्धारण गर्नु र सेवा संचालनको अनुगमन गर्नु आयोगको मुख्य काम हो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार