नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

बुधबार, मंसिर २०, २०८०

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसमा स्वर किन्नरी तारादेवी  (मरणोपरान्त) र संगीतकार गणेश रसिक सम्मानित भएका छन् । नारायणगोपाल संगीत कोष र सांस्कृतिक संस्थानद्वारा मंगलबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित विशेष कार्यक्रममा जनही ५१ हजार रुपैयाँ राशिसहितको पुरस्कार तथा सम्मान हस्तान्तरण गरिएको हो । 
कोषकी अध्यक्ष उषा शेरचनले स्मृति सम्मान एवं विशेष पुरस्कार हस्तान्तरण गरिन । तारादेवीलाई प्रदान गरिएको सम्मान तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरिन् ।  

Photo (21) (1)1701836058.jpg
कार्यक्रममा सम्मानित संगीतकर्मी रसिकले स्वरसम्राट नारायण गोपालसँगका सम्झना सुनाए । ‘मैले नारायण गोपाल दाईसँग धेरै समय गुजारेँ । धेरै सम्झना छन्,’ उनले भने । नारायण गोपालबिना सुगम संगीत अपुरो रहेको भनाइ रसिकले राखे । 
कार्यक्रममा कलाकारहरुले नारायण गोपालले स्वर दिएका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।
विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको जानकारी कार्यक्रममा दिइयो । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार