लैङिगक हिंसाविरुद्धको १६ दिने अभियानमा ललितपुर महानगर-१४ नं. वडाद्धारा प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम(भिडियाे)

शनिबार, मंसिर १६, २०८०

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालय तिखिदेवलले लैङिगक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज शनिबार बिहान प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । ललितपुर महानगरपालिका वडा नं. १४ कार्यालयबाट सुरु प्रभातफेरी महालक्ष्मी चोक, ताल्छिखेल चोक, नखिपोट बास्केट बल कोर्ट, मिलन चोक हुँदै पुन: वडा कार्यालय परिसर आएर सम्पन्न भएको थियाे । प्रभातफेरीमा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, बाल अधिकार समिति, वडास्तरीय बाल क्लब, महिला समिति, सामुदायिक प्रहरी, टोल विकास संस्थाका पदाधिकारी, महिला समूहका पदाधिकारी सहभागी भएका थिए । 

14 l1701518900.jpg
प्रभातफेरी कार्यक्रमको १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतले ‘म हिंसा गर्दिन र सहदिन’ भन्ने प्रतिवद्धतामा हस्ताक्षर गरी शुभारम्भ गरेका थिए । वडा कार्यालय भवनको भित्तामा टाँगिएको उक्त प्रतिवद्धता पत्रमा ललितपुर महानगर कार्यपालिका सदस्य सानुकाजी तोलाङगे, वडाका निर्वाचित जनप्रतिनिधि सशनशीला कार्की, संगीता अछामी, कुबेर केसी, सनत कार्कीसहितका उपस्थित महानुभावनले हस्ताक्षर गरेका थिए । 

14 h1701518900.jpg
प्रभातफेरीपछि वडाकार्यालय परिसरमै देखाइएकाे जनचेतनामूलक सडक नाटक प्रदर्शनमा सामुदायिक विद्यालयतर्फ श्री महालक्ष्मी मावि तथा चोइना विना गुरु गणेश आधारभूत विद्यालय तथा संस्थागत विद्यादलयतर्फबाट ज्ञान विज्ञान, जुपिटर, सात्यिक पाठशालाका विद्यार्थीहरु सहभागी भएका थिए ।यस्तै रेड एण्टमा आवद्ध युवा युवतीले जनचेतना मूलक सडक नाटक प्रस्तुत गरेका थिए । 

गत मंसिर ९ देखि देखि सुरु भएको लैङिगक हिंसाविरुद्धको १६ दिने अभियान २४ गतेसम्म जारी रहनेछ । ‘लैङिगक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ यस वर्षका लागि अन्तर्राष्ट्रिय नारा तय गरिएको छ ।

lin 141701518982.jpg
ललितपुर महानगरपालिकाले ‘लैङिगक हिंसा निवारणका लागि आर्थिक सशक्तिकरण र कानुनी सचेतना, लैङिगक मैत्री नगर निर्माण ललितपुर महानगरको चाहना’ स्थानीय नारा तय गरेको छ । 

लैङिगक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा वन लभ वन वल्र्ड, नेपाल दलित महिला उत्थान केन्द्र, परिवर्तनका लागि सहकार्य नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, राइज एण्ड साइन नेपाल, मायालु बालबालिका लगायतले सहभागिता जनाएका थिए ।  
प्रभारतफेरीपछि आयोजित संक्षिप्त कार्यक्रममा वडाअध्यक्ष  अमृत जंग महतले आफूले हिंसा पनि नगर्ने र हिंसा पनि नसहने प्रतिवद्धता जनाउँदै वडाकार्यालयले महिलालाई आयमूलक कार्यक्रममा समावेश गर्न धेरै कार्यक्रम ल्याएको जानकारी दिए । 

linh 141701519109.jpg

 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार