खानाका पारखी रत्नले चम्काएको नागदह भ्यू प्वाइन्ट 

शनिबार, मंसिर १६, २०८०

ललितपुर ।  ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलको नागदह किरानामै छ नागदह भ्यू प्वाइन्ट रेस्टुँरा उइथ नेवारी किचन । बिहान सबेरैदेखि राति अबेरसम्म यही रेष्टुँरामा भेटिन्छन् रत्न महर्जन । उनी कहिले रेष्टुँराको भान्सामा पुग्छन् त, कहिले खाना र खाजाखाँदै गरेका खाना पारखीको टेबुलमा पुगेर ’खाना कस्तो छ त हजुर’ भन्न भ्याउँछन् । रातदिन नभनी आफू खट्नुको उनको एउटै उद्देश्य हो, रेष्टुँरा आउनेलाई मिठो खुवाउनु । 
रत्न आफू पनि खानाका पारखी हुन् । मिठो खानु पर्ने स्वभावकै कारण उनी रेष्टुँरा व्यवसायी बनेका रहेछन् । त्यसैले उनले आफ्नो रेष्टँरामा पाक्ने आइटम र स्वादमा विशेष ध्यान दिन्छन् । स्वाद र परिकारबारे थाहा पाउन उपत्यकाका धेरैजसो रेष्टुँरा पुगेका छन् उनी । मिहेनत र लगावकै कारण खोलेको एक वर्षमै नागदह भ्यू प्वाइन्ट रेष्टुँरामा एक सयभन्दा धेरैवटा कार्यक्रम भइसकेका छन् ।

Ratna 1701514325.jpgजन्मदिन, विवाहउत्सव, बेबी सावरसँगसँगै विभिन्न संघसंस्थाको बैठक, साधारणसभाका लागि उपयुक्त थलो बनेको छ यो रेष्टुँरा । उपत्यकाबासीको मात्रै होइन, उपत्यका बाहिरका खाना पारखी र प्रकृतिप्रेमीले समेत रत्नको नागदह भ्यू प्वाइन्टलाई मनपराएका छन् ।  पोखरा, भैरहवा वुटवलबाट ‘नागदह भ्यू प्वाइन्ट कहाँ हो, हामी त्यहाँ आउँदैछौ लोकेसन पाउन न भन्दै धेरैले फोन गर्छन् । रत्न महर्जन रेष्टुँरा व्यवसायमा नवप्रवेशी भने होइनन् । ११ वर्ष अघि नै नागदह तिनकुने पोखरीमा नमस्ते फास्टफुड एण्ड रेष्टुँरा खोलेर स्थापित भइसकेका व्यवसायी हुन् उनी । नमस्ते फास्टफुड आफ्नै रफ्तारमा हिडिरहेको थियो । । एकदिन उनको मनमा यस्तो योजना बन्यो,कि नागदहको छिमेकी बनेर रेष्टुँरा सुरु गर्ने । आफ्नो योजनालाई मूर्त रुप दिन मिहेनतलाई दिन दुई गुना रात चौ गुना बनाए । लगानी थप्दै गए । 
किस्ता किस्तामा गरेको लगानीप्रति उनको विश्वास थियो । त्यो विश्वासको जननी थियो उनको मिहेनत  । लगानी थपिदैं जाँदा उनी आत्तिए पनि । मनभित्र उब्जिएको कामप्रतिको विश्वास र मिहेनतका कारण उनी सफलताको खुड्किलो चढ्दैछन् । नागदहलाई धार्मिक, पर्यटकीय र संस्कृतिक गन्तव्यको रुपमा परिचित गर्दै लानु, नागदहको छिमेकी बनेर रेष्टुँरा खोल्नुको मुख्य उद्देश्य हो । 

Nagdaga 1701514312.jpg

उनको रेष्टुँराबाट नागदहलाई प्रष्ट देखिन सकिन्छ । नागदहको रमणीय आनन्दसहित उनको रेष्टुँरामा खानाका पारखीहरु रमाइरहेका हुन्छन् । गोधुली साँझमा त उन रेष्टुँराबाट देखिने दृश्य कम्तीको मनमोहक हुँदैन । नागदहको पानीमा परेको वादलको छायाँ , चराचुरुङीको आवाज । अझ, सिरसिर हावा चले त के चाहियो । रत्नको रेष्टुँराको बाल्कोनीमा बसेर नागदहलाई नियाल्दा महसुस हुने आनन्द र रमाइलो अनुभूति गर्न एकपटक जानेकी धापखेलको नागदह ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार