कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा भूकम्प 

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं ।  बिहीबार बिहानै कोरियाको दक्षिणपूर्वी सहर ग्योङजुमा ४.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पछि त्यहाँको गृह मन्त्रीले सर्तकता अपनाउन तथा पूर्वतयारी गर्न निर्देशन दिएका छन् । तर, भूकम्पबाट कुनै क्षति भने नभएको त्यँहाको राज्यको मौसम विभागले जनाएको छ । 
सोलबाट २७७ किलोमिटर दक्षिणपूर्वमा रहेको सहरमा बिहान ४ः५५ बजे करिब १२ किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।  त्यसपछि बिहान ५ः५० बजेसम्म पाँच पटक पराकम्प गएको कोरिया मौसम विज्ञान प्रशासनले जनाएको छ ।
यो वर्ष कोरियाली प्रायद्वीप वा यसको वरपरको पानीमा आएको यो दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प थियो । दमकल अधिकारीहरूले बिहान ५ बजेसम्म १०७ वटा कम्पको रिपोर्ट प्राप्त गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताए ।
कोरिया हाइड्रो एण्ड न्यूक्लियर पावर कम्पनी, आणविक र जलविद्युत प्लान्टको सञ्चालकले भूकम्पले आफ्ना आणविक उर्जा प्लान्टको सञ्चालनमा कुनै असर नपरेको रसामान्य रुपमा चलिरहेको बताएको छ । बिहीबारको भूकम्पको केन्द्र विन्दुको ५० किलोमिटरको दायराभित्र सन् १९७८ यता २ म्याग्निच्युड वा सो भन्दामाथिका ४ सय १८ वटा भूकम्प गएको छ । गृह मन्त्रालयले आफ्नो केन्द्रीय प्रकोप र सुरक्षा काउन्टर मेजर मुख्यालय, राष्ट्रको विपद् नियन्त्रण टावरको सतर्कता स्तरलाई बढाएको छ । ‘सतर्कता’ को तेस्रो ठूलो भूकम्पको अलर्ट पनि जारी गरिएको छ ।
गृहमन्त्रालयले भूकम्पपछिको अवस्था बुझ्न आकस्मिक बैठक बोलाएको छ । बैठकमा मन्त्री ली साङ–मिनले क्षतिको तत्काल आँकलन गर्न र आवश्यक पूर्वतयारीका कदम चाल्नसम्बन्धित मन्त्रालय र क्षेत्रीय सरकारहरूसँगको सहकार्यमा गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार