एक वर्षका लागि ६ हजार ६८५ रुपैयाँमा डिशहोमको इन्टरनेट

बुधबार, मंसिर १३, २०८०

काठमाडौं । डिशहोम फाइबरनेटले विशेष छुटसहित इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज ६ हजार ६८५ रुपैयाँमै पाइने कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।  ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डूअल ब्यान्ड) पनि सित्तैमा पाउने छन् ।  
यसअघि यही ५० एमबीपीएसको इन्टरनेट प्याकेजको मूल्य सात हजार ७९९ रुपैयाँ रहेको थियो ।
नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३०० एमबीपीएससम्मका प्याकेजमा विशेष छुट पाउने कम्पनीले बताएको छ । जसमा फाइभ–जी र वाइफाइ–६ राउटर मिल्नेछ । ५० एमबीपीएसको २४ महिने प्याकेजका लागि १० हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार