भीत्तेचित्रको नालीबेली समेटिएको ‘स्ट्रीट आर्ट नेपाल’ सार्वजनिक

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं । भीत्तेभित्रको नालीबेली समेटिएको पुस्तक ‘स्ट्रीट आर्ट नेपाल एकताको भित्ता : एकताको पर्खाल’ सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो । 
कार्यक्रममा पुस्तकका क्युरेटर कैलाश के श्रेष्ठले पुस्तक आर्टुडियो र अमेरिकी दूतावास काठमाडौंबीचको सहकार्यमा प्रकाशन भएको बताए । उनले भने, ‘यो पुस्तक आर्टुडियो र अमेरिकी दूतावासबीचको सहकार्यमा प्रकाशन भएको छ । यसमा स्ट्रीट आर्टको सम्पूर्ण इतिहासलाई हेरेर अहिलेको अवस्थासम्म कसरी आइपुग्यो, आर्टुडियो लगायत अन्य संस्थाहरुले नेपालको स्ट्रीट आर्टलाई कसरी सहयोग गरिरहेको छ भन्ने कुरालाई पनि राखिएको छ ।’
पुस्तकमा मीना लामा, मुकेश मल्ल, सरोज बज्राचार्य लगायतका तीनजना लेखक र अनुसन्धानकर्ताहरुको योगदान रहेको पनि उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार