३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ 

मंगलबार, मंसिर १२, २०८०

बर्दिया । बर्दियामा घूस लिएको ३० हजार रुपैयाँसहित एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउद पक्राउ परेका हुन् । 
लागूऔषध मुद्दा मिलाइदिने गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मंगलबार पक्राउ गरेको हो । 
आयोगको टोलीले उनलाई ३० हजार रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् । सई साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा शाखाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार