उत्तराखण्डमा १७ दिनदेखि सुरुङभित्र फसेका मजदुरको उद्धार सुरु

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं । उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये पहिलो व्यक्तिलाई बाहिर निकालिएको छ । गत नोभेम्बर १२ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको उक्त राज्यका मुख्यमन्त्रीले बताएका थिए ।
उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकाल्ने बताएका छन् । नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए । उनीहरू सबै जना सकुशल भएको ठानिएको छ ।

उत्तराखण्डको सिक्यारा सुरुङबाहिर एम्बुलेन्सहरू राखिएको छ
्उक्त सुरुङको प्रवेशद्वारमा मजदुरहरूलाई अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । सेनाको एउटा हेलिकप्टर पनि उत्तरकाशी पुगेको छ । आवश्यक पर्‍यो भने उद्धार गरिएका मजदुरलाई अस्पतालबाट अन्यत्र लैजान प्रयोग गरिने छ ।
फसिरहेका ती मजदुरहरू उक्त भत्किएको सुरुङ निर्माणमा संलग्न थिए ।
अधिकारीहरूले एउटा बेग्लै सानो पाइपमार्फत् भित्र फसेका ती मानिसहरूलाई अक्सिजन, खानेकुरा र पानी पठाइरहेका थिए ।
सुरुङभित्र नजिकै पहिरो आएपछि मजदुरहरू सुरुङमा थुनिएका थिए । उनीहरू कोही पनि घाइते नभएको ठानिएको छ ।
उत्तरकाशीको सिल्क्यरास्थित सुरुङमा फसेका ती मजदुरका आफन्त तथा परिवार सुरुङबाहिर भेला भएका छन् ।
फलामे रडहरू छिचोलेर अघि बढ्नुपर्ने तथा खुकुलो माटो र कडा चट्टान भएका कारण उनीहरूसम्म पुग्न उद्धारकर्ताहरूलाई समय लागेको थियो ।

भारत सुरुङ

घटना
अधिकारीहरूका अनुसार नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो । उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो । कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू छन् ।

मजदुरहरूले काम गरिरहेको अवस्थामा सिल्क्यारा सुरुङको मुखदेखि २०० मिटरभित्रको भाग भत्किएको थियो ।
पहिरोले सुरुङको मुख थुनिएपछि त्यहाँ अक्सिजनको आपूर्ति पनि काटिएको थियो ।
तर घटना भएकै दिन राति वाकीटकी यन्त्रको माध्यमबाट सुरुङमा फसेका मजदुरहरूसँग सम्पर्क स्थापित भएको थियो ।

उत्तराखण्डको सुरुङमा फसेका कामदारहरूको उद्धारको प्रयास भइरहँदा बाहिर भेला भएका मानिसहरू
सिक्यारा सुरुङ क्षेत्रमा सुरक्षाकर्मीहरू पनि छन् । अधिकारीहरूले ती मजदुरहरूलाई केही घण्टामै बाहिर निकालिने बताएका थिए । तर सुरुङभित्र प्वाल पार्ने उपकरण भाँचिएपछि उद्धारको प्रयास अवरुद्ध भएको थियो ।
त्यसैले हाते उपकरणका भरमा उद्धार प्रयास सुरु गरिएको थियो ।
अधिकारीहरूले त्यहाँ दुई दर्जनको सङ्ख्यामा साँघुरा सुरुङमा काम गर्न प्रशिक्षित र्‍याट होल माइनर’हरू झिकाएर काम अघि बढाएका थिए ।–एजेन्सी

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार