ढोरपाटन महिला भलिबल डबल लिगको बिजेतालाई ५ लाख हजार पुरस्कार

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं । माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिवल डबल लिग च्याम्पियनसिप हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी खेल काठमाडौको नयाँ बसपार्कस्थित ढोरपाटनको खेलमैदानमा सञ्चालन हुने जानकारी गराइएको हो । 

च्याम्पियनसिपमा पहिलो हुनेलाई ५ लाख १ हजार नगद पुरस्कार राखिएको छ । दोस्रो हुनेलाई २ लाख ५० हजार, तेस्रोलाई १ लाख २५ हजार, चौथोलाई ७५ हजार, पाँचौं हुनेलाई ५० हजार र छैटौं स्थान बनाउनेलाई २५ हजार नगद पुरस्कार दिइने जनाइएको छ । यसैगरी उत्कृष्ट खेलाडीलाई एउटा स्कुटर र प्रत्येक सहभागी खेलाडीलाई ५ हजार नगद दिने आयोजकले जनाएको छ ।

खेलको कूल बजेट ५१ लाख ५ हजार रहेको जनाइएको छ । राष्ट्रिय खेलकुद परिषदको समन्वय र नेपाल भलिबल संघको संयोजकत्वमा हुने च्याम्पियनसिपमा मेडिकल पार्टनरको रुपमा बसुन्धारास्थित चिरायु हस्पिटल र मिडिया पार्टनरमा हाम्रो खेलकुद डट कम छन् ।  त्यस्तै, रनिङ कपको प्रायोजन नेपाल भलिबल संघका सल्लाहकार तथा अनल ज्योतिहाई स्कूलका संस्थापक प्रिन्सिपल ज्योति केसीले गरेका छन् । ढोरपाटन क्लबका पूर्व कोषाध्यक्ष विष्णु छन्त्यालले मिकासा १ थान नेट प्रायोजन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार