बाल प्रतिभाको खोजी गर्दै ‘नेशन्स गट ट्यालेन्ट’ प्रसारणमा आउने

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । 

मंगलबार होटल सोल्टीमा पत्रकार सम्मेलन आयोजना गरी एएनपी मिडिया हाउसको ब्यानरमा एपी–वान टेलिभिजनबाट उक्त शो प्रसारण हुने जानकारी गराइएको हो ।

बालबालिकाहरुले गायन र नृत्य विधामा आफ्नो कला प्रस्तुत गर्न पाउने शोका लागि ख्यातिप्राप्त अभिनेत्रीद्वय मिथिला शर्मा, गौरी मल्ल, गायक आनन्द कार्की र गायिका देविका बन्दनालाई निर्णायकका रुपमा अनुबन्ध गरिएको आयोजक कम्पनी एएनपी मिडिया हाउसका संस्थापक अध्यक्ष लबबहादुर कार्कीले बताए ।

कार्यक्रमको सल्लाहकार संयोजकमा बिदुर गिरी, सयोजकमा राज लुईटेल, ईभेन्ट संयोजकमा शम्भुप्रसाद रेग्मी तथा कार्यालय सयोजकमा अनिता तामाङ्ग छन् । लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशन रहने उक्त शोको मुख्य सहायक निर्देशकमा सूर्य गुरुङ छन् ।

शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाइन पे इन्टरनेशन भोटिङ पार्टनरका रुपमा छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार