ललितपुरमा कार्यकर्तालाई प्रशिक्षित गर्दै माओवादी केन्द्र

आइतबार, मंसिर १०, २०८०

सुनाकोठी(ललितपुर) । नेकपा माओवादी केन्द्र ललितपुुर महानगर समितिले आफ्ना कार्यकर्तालाई प्रशिक्षत गराएको छ । 
‘जन–जनमा माओवादी, घर–घरमा माओवादी’ नारा दिएर माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : विशेष रुपान्तरण’ अभियानअन्तर्गत ललितपुर महानगर समितिको आयोजनामा शनिबार एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको हो । 

viber_image_2023-11-26_08-49-31-0261700968048.jpg
ललितपुर महानगरपालिका २७ नं. वडा सुनाकोठीस्थित सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रममा उपस्थित कार्यकर्तालाई ललितपुरको इतिहास, संस्कृति र राजनीति विषयमा केशव सिलवाल, बजारीकरण र आजको समाज विषयमा विष्णु ज्ञवाली, कम्युनिष्ट आन्दोलन र ललितपुरको वाम राजनीति विषयमा कृष्ण केसी, नेतृत्व, संगठन र संगठानिक पद्धती विषयमा सरल सहयात्रीले प्रशिक्षण दिएका थिए । 

405024027_7179241858799774_4636594144918051884_n1700967629.jpg
प्रशिक्षण सत्र सुरु हुनुअघि आयोजित छोटो उद्घाटन सत्रका सभापति ललितपुर महानगर समितिका अध्यक्ष एवम् ललितपुर महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले कार्यकर्तालाई पुनर्ताजकी गराउनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । 
‘जनताको सेवाका लागि पार्टीले अघि सारेका एजेण्डालाई स्थापित गराउन तथा माओवादी कार्यदेश तथा योजना अनुसार कार्यकर्तालाई प्रशिक्षित गराउन कार्यक्रम आयोजना गरिएको हो’ कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उनले भने । 

viber_image_2023-11-26_08-49-31-1581700968060.jpg
उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्र ललितपुरका जिल्ला संयोजक शिव कट्टेलले कार्यकर्ता प्रशिक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यकर्ता प्रशिक्षणले वर्तमान अवस्था, राजनैतिक तथा पार्टीको सांगठनिक अवस्थाबारे प्रष्ट हुने बताए । 
नगर समिति सहसचिव रोशनी बाठाले सञ्चालन गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ललितपुर महानगर समितिका माओवादी कार्यकर्ताहरू सहभागी भएका थिए । 

mao 11700967527.jpg

405790690_7179231962134097_146807861284868793_n1700967578.jpg

 

405790425_7179231965467430_2771626394990095908_n1700967581.jpgviber_image_2023-11-26_08-53-50-7361700968285.jpg

viber_image_2023-11-26_08-53-15-4911700968284.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार