ललितपुर महानगरपालिका २७ नं. वडाको नवनिर्मिति भवनमा रुद्री पूजा

शनिबार, मंसिर ९, २०८०

ललितपुर । ललितपुर महानगर वडा नं. २७ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । सुनाकोठी गाविस हुँदाका बेला निर्माण गरिएको एक तले भवन भत्काएर सोही स्थानमा वडा कार्यालयको नयाँ भवन निर्माण गरिएको हो । अण्डरग्राउण्डसहित अढाई तले उक्त भवन निर्माणका निर्माण सम्पन्न भइ रंगरोगन, फर्निसिङसहितको काम सम्पन्न भइसकेको छ । 
सुविधा सम्पन्न यो भवनमा ८ कोठा रहेका छन् । पराम्परागत नेवारी शैलीमा निर्माण गरिएको यो भवनबाट छिट्टै सेवा सञ्चालन गरिने वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो । 
‘फराकिलो वडा भवनबाट अब छिट्टै नै सेवा सुरु गर्नेछौं’ वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘स्थान अभाव हुँदा सेवा दिन अप्ठ्यारो भोगेका हामीलाई अब सेवा दिन सहज हुनेछ ।’ 
यो भवनमा निर्वाचित जनप्रतिनिधिका छुट्टाछुट्टै कार्यकक्ष, राजश्व तथा अन्य कर संकलन काउन्टर, दर्ता चलानी शाखा, मेलमिलाप केन्द्रसहित आवश्यक शाखाका लागि अलग–अलग कक्ष हुनेछन् । यो भवनमा सुविधा सम्पन्न सेमिनार हल पनि बनाइएको छ । 
नव निर्मित उक्त वडा कार्यालय भवनमा आज शनिबार विधिवत रुद्री पूजा गरिएको छ । रुद्री पूजामा वडा अध्यक्ष कृष्णहरि महर्जनसहित निर्वाचित वडा सदस्यहरू रामदेवी महर्जन, निरोज महर्जन, वडा सदस्य श्यामकृष्ण मजर्हन, वडासचिव सनतकुमार थापा, इन्जिनियर परिक्षित बहादुर मगर, सामाजिक परिचालक विजया खड्का, शर्मिला राजचल, कार्यलय सहयोग कृष्णगोपाल महर्जनसहित केही वडावासी पनि उपस्थित भएका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार