चलचित्र ’रङ्गेली’ को पोस्टर सार्वजनिक 

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं । फागुन पच्चिस गतेबाट विश्वव्यापी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिएकी छन् ।  मिरुनालाई ’जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले आज सार्वजनिक गरेको छ ।
’रङ्गेली’निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरेका छन् ।  सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता र चलचित्रको सुशन प्रजापतिले छायांकन गरेका छन् । 
चलचित्रको अस्ट्रेलिया अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर गराई अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न देशमा एकसाथ रिलिज गरिने चलचित्र निर्माण टिमले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार