सूर्य उपासनाको पर्व छठ समापन

सोमबार, मंसिर ४, २०८०

काठमाडौं । चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठ आज सम्पन्न भएको छ । आज बिहान उदाउँदो सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेर छठ समापन गरेका हुन् । 
काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार