सेती नदीमा चार लेनको सिग्नेचर पुलको शिलान्यास 

सोमबार, मंसिर ४, २०८०

पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पोखराको सेती नदीमाथि बन्ने चार लेन ‘सिग्नेचर ब्रिज’ को सोमबार शिलान्यास गरेका छन् । एसियाली विकाश बैंक (एडिबी) को सहयोगमा बन्ने १ सय ९० मिटर लामो पुलको उनले शिलान्यास गरेका हुन् । 
एक अर्ब १० करोड लागतमा उक्त पुलको निर्माण थालिएको हो । २०८२ भदौ मसान्तभित्र काम सक्नेगरी काम थालिएको जनाइएको छ ।
शिलान्यास कार्यक्रममा निर्माण ब्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाएका छन् । 
मन्त्री ज्वालाले निर्माण ब्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरुलाई समयमै काम सक्नेगरी सक्रियता बढाउन निर्देशन दिए । 
उनले भने, ‘यो वा त्यो बहानामा काममा ढिलाई गर्न पाइँदैन, समयमै काम सक्नेगरी सवै पक्षले सक्रियता देखाउनुहोस् ।’
कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सवै सहयोग गर्ने बताइन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार