बढ्यो युरो र पाउण्डको भाउ, अरुको कस्तो छ विनिमय दर ?

सोमबार, मंसिर ४, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । 
हिजोको तुलनामा आज युरो र पाउण्डको खरिद र बिक्रीदर बढेर आएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा तथायुरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।  यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार