तीनकुने पोखरीमा स्थापित सत्यनायराण मूर्तिको प्राण प्रतिस्थापन(भिडियो)

सोमबार, मंसिर ४, २०८०

ललितपुर । धापाखेल नागदह प्रवेशद्धरसँगैको तीनकुने पोखरीमा स्थापना गरिएको सत्य नारायणको मूर्तिको प्राण प्रतिस्थापन गरिएको छ । तीनकुने पोखरीमा सत्यनारायणको मूर्ति प्राण प्रतिस्थापनका लागि आइतबार वडा कार्यालयले सत्य नारायण स्थापनाको पूजा विधि (धार्मिक अनुष्ठान) सम्पन्न गरेको छ । धार्मिक स्थलमा परिणत भएको दानघाट टोलस्थित तीनकुने पोखरी रंगरोगनसहित ध्वजापतकाले सजाइएकका कारण मनमोहक बनेको छ । 
तीनकुने पोखरीमा सत्य नारायणको मूर्ति प्राण प्रतिस्थापन भएपछि यो पोखरी पनि धार्मिक स्थलका रुपमा विकसित भएको ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डले बताउनुभयो । 
‘यो पोखरी नजिकै प्रसिद्ध धार्मिक स्थल नागदह (बासुकी नागराजको वासस्थान), सन्तानेश्वर महादेव मन्दिर तथा बज्रबाराही माता रहेकोले यो क्षेत्र अब पूर्ण रुपमा धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको छ’, वडाअध्यक्ष पाण्डेले भन्नुभयाे । 
नवनिर्मित वडा कार्यालय भवन पूर्वपट्टी रहेको नागदह प्रवेशद्धरसँगैको तीनकुने पोखरीलाई संरक्षण गरी यहाँ सत्य नारायणको मूर्ति स्थापना गरिएको हो । सत्य नारायणको मूर्तिको प्राणप्रतिस्थानका क्रममा बाजागाजा, पुरोहितद्धारा मन्त्रोचारण गरिनुका साथै वडा भित्र क्रियाशील महिला समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिसहरू सहभागी भएका थिए । सत्य नारायणको मूर्तिमा प्राण प्रतिस्थापन गर्ने क्रममा वैधिक मन्त्रोचरण तथा पूजापाठ, हवन गरिएको थियो ।  
सत्य नारायणको मूर्ति पनि राखिएपछि तीनकुने पोखरी मनमोहक एवम् धार्मिक स्थलका रूपमा परिणत भएको छ । तीनकुने पोखरीमा हाइमास बत्ती तथा पानीको फोहोरा राख्ने योजना वडा कार्यालयले बनाएको सदस्य उद्धब बस्नेतले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार