एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं । फिल्म उपहारको पहिलो गीत वाह वाह वाहले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ । यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले लाईकगरेका छन् ।

अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म उपहारको निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो ।

यो गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर छ । गीतमा बाबुल गिरीकै संगीत र शंकर अधिकारी घायलको शब्द छ ।

मनोरञ्जनात्मक र नृत्य शैलीको यो गीतको भिडियोमा तीन जोडीको रुपमा रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई प्रस्तुत गरिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा=लिको संयुक्त प्रस्तुति रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् ।

शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ । यसको छायांकन फिल्म क्रियू नेपालका निर्देशक विष्णु कल्पितले गरेका हुन्।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार