लेले सामुदायिक विकास केन्द्रले दियो नवज्योति मावि झरुवारासीलाई शैक्षिक सहजीकरण सामग्री

लेले सामुदायिक विकास केन्द्र शैक्षिक सुधार कार्यमा सक्रिय
शुक्रबार, कात्तिक २४, २०८०

ललितपुर । सामुदायिक विद्यालयलाइ प्रविधिमा सक्षम  वनाई गुणस्तरीय शिक्षाको अभिवृध्दिगर्न लेले सामुदायिक विकास केन्द्रले गोदावरी  नगरपालिका भित्रका सामुदायिक विद्यालयमा सहकार्य  र सहयोग गरिरहेको छ । 
बालमैत्री स्थानीय शासन , महिला सशक्तिकरण युवा विकास एवं शैक्षिक सुधारका कार्यमा लेले सामुदायिक विकास केन्द्र ले सहयोग पुर्याउदै आएको छ । यसै सन्दर्भ मा गूड नेवर्स इन्टरनेसनल (Good Neighbour international) को सहकार्यमा लेले सामुदायिक विकास केन्द्र ले नवज्योति माध्यमिक विद्यालय झरुवारासी ,ललितपुरमा पूर्व प्राथमिक तहका वाल्बालिकाहरुलाई आधुनिक शैक्षिक प्रविधि मार्फत सिकाइ सहजीकरण गर्न LCD MONITOR एवं SOUND SYSTEM हस्तान्तरण गरेको हाे। 

380442420_718110680191127_1383210143100140184_n1699564030.jpg
परियोजना संयोजक सुबास बस्नेतका अनुसार विद्यालयहरु संग गरिने सहकार्य निरन्तर रहनेछ । 
शिक्षाको विकासलाई प्रमुख उद्देश्य बनाएको लेले सामुदायिक विकास केन्द्रको सहयोगले विद्यालयको सिकाई सहजीकरणमा मदत पुगेको र आगामी दिनमा समेत सहयोग र सहकार्य निरन्तर हुनेमा आशावादी रहेको जानकारी नवज्योति मा.वि.का प्रधानाध्यापक हरिहर लामिछानेले दिए । 
स्थानीय  तह, विद्यालय र गैर सरकारी संस्थाको समन्वयमा  वडा तथा नगरको शैक्षिक विकासमा नगरपालिका लागिरहेकाले भविष्यमा सरकारी तथा गैरसरकारी सस्थाको संयुक्त प्रयासले सिंगो गोदावरी नगरलाई शैक्षिक विकासमा अघि बढाउन सकिने विचार गोदावरी नगरपालिका वडा न १३ का वडा अध्यक्ष भास्कर थापाले व्यक्त गरे । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार