संसदीय समिति : चिनी लुकाएको थाहा पाएर पनि सरकार मौन बसेको आरोप

मंगलबार, कात्तिक २१, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले बजारमा चिनी लुकाएर कालोबजारी गर्नेहरुबारे सरकारलाई स्पष्ट जानकारी हुँदा पनि उपभोक्ताप्रति इमान्दारीता नदेखाउँदा जनता मारमा परेको बताएका छन् । सरकारले आफूसँग भएका संयन्त्र समेत परिचालन नगर्नाले उपभोक्ता महंगीको मारमा परेको उनको भनाई छ । 

संसदीय समितिको बैठकमा सोमबार उनले सरकारलाई बजारमा चिनी अभाव सिर्जना गर्ने देखि कालोबजारी गर्नेबारे स्पष्ट जानकारी भए पनि उनिहरुप्रतिको भाव र प्रभावका कारण जनताप्रति इमान्दारीता देखाउन नखोजेकाले आम उपभोक्ता चाडपर्वको बेला मारमा परेको बताए । 

‘महंगाई छ, चिनी लुकाइएको छ । हामीलाई कहाँ लुकाइएको छ त्यो पनि थाहा नभएको होइन । त्यसमा अनुगमन गर्न सरकारले इमान्दारीता मात्रै नदेखाएको हो । बजार अनुगमनका लागि मान्छे र स्रोतको कमि भएको होइन संयन्त्रको परिचालन मात्रै नभएको हो । सबैन्दा ठूलोकुरा सरकार र व्यवसायीको इमान्दारीताको कमी हो’, उनले भने ।

उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सदेखि सरकारमा बसेकाहरुकै नजिककाले मूल्य वृद्धि गरेको धारणा राखेका उनले सरकारले भएका संयन्त्र र स्रोत साधनलाई समेत मूल्यवृद्धि नियन्त्रण गर्नका परिचालन नगरेकोप्रति अर्यालले गुनासो गरे । 

उनले भने, ‘चिनी लुकाउनेलाई तपाइँहामी धेरैले चिनिसकेका छौं, नामचाँही भन्दैनौ । दुर्गम जिल्लातिरत पालीका र वडामा नुनपनि पुग्दैन । यी सबमा संलग्न ती मान्छेहरु जसलाई हामीले चिनेका छौ र सरकारकै मान्छेहरु पनि छन् । तिनलाई घचघचाउन पर्छ ।’

उनले उपभोक्ता हित संरक्षणमा लागेका निकायदेखि आम जनता नै सचेत नभएसम्म चिनीलगायतको अभाव उस्तै रहने र उपभोग्य वस्तुको मूल्य वृद्धिको मारमा आम उपभोक्ता थिचिनुपर्ने बताए । सरकारले बजार अनुगमनको संयत्र र स्रोत साधनलाई समेत नचाहेरै परिचालन नगरेको उनले बताए । त्यस्तै उनले संसदीय समितिले पनि बजार मूल्य नियन्त्रण र कालोबजारी रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको स्वीकार गरे । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार