ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनद्धारा अहमदावादका असल अभ्यासको अवलोकन

शनिबार, कात्तिक १८, २०८०

अहमदावाद (भारत) । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र अहमदावादका मेयर प्रतिभा जेनबीच भेटवार्ता भएको छ ।  भारतका विभिन्न सहरको असल अभ्यासको अवलोकन गर्न वडा नं १४ का वडा अध्यक्ष अमृतजंग महत र आफ्ना सल्लाहकारसहित भारत पुगेका मेयर महर्जनले शुक्रबार अहमदावादका मेयर प्रतिभासँग भेट गरेका हुन् ।

369091315_1754286384985117_1297939949470593027_n1699063854.jpgभेटघाट कार्यक्रममा अहमदावादका उपप्रमुख जतिन पटेल पनि सहभागी थिए । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई स्मार्ट बनाउने आवश्यक अवयवहरुमध्ये केहीमा काम भएको बताउँदै भने, ‘ हरियाली प्रबद्र्धन, खुल्ला क्षेत्र संरक्षणमा हामीले काम गरेर सहरलाई स्मार्ट बनाएका छौं , भारतका स्मार्ट सहरहरुबाट सिकेर थप काम गर्न चाहन्छौं ।’ अहमदबादका मेयर प्रतिभाले ललितपुरले सिक्न चाहेका विषयमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

363879965_6943248129029269_1197969506046853737_n1699063844.jpg
उनले भनिन् ,‘ललितपुरबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं, सहकार्य गरेर अघि बढौं।’ अहमदावाद जानु अघि चिरीबाबु दिल्लीमा रहेको फोहोर मैला प्रशोधन केन्द्र पुगेका थिए । अहमदावादका मेयर प्रतिभासँगको भेटपछि म्युनिसिपल कमिस्नरसँगको भेटघाटमा चिरीबाबुले अहमदावादमा भएको विकासबाट आफू प्रभावित भएको बताए । यहाँबाट ललितपुरले धेरै सिक्न सक्ने धारणा बताए । भेटघाटका क्रममा सिटी कमिस्नर श्री एम.तेन्नारासनले योजनाबद्ध विकास कारण नै अहमदावाद यो अवस्थामा आएको बताए ।

372391828_654292326832468_1539554329092010301_n1699063931.jpgभेटघाटको क्रममा राजश्व संकलन, विद्यालयहरुको अवस्था, विद्यालयलाई दिइएको अनुदान लगायतका बारेमा बताएका थिए । यसै गरी प्रदुषित र दुर्गन्धित सावरमती नदीलाई कसरी सुन्दर सफला बनाउन सकियो भन्ने सन्दर्भमा समेत प्रस्तुति गरिएको थियो ।  चिरीबाबु महर्जनसहितको टोलीले सावरमती नदीमा बनेको अटल बिज्रको अवलोकन गरेको थियो । अहमदावाद स्मार्ट सिटी प्रजोक्टका बारेमा जानकारी दिन आयोजना गरिएको प्रस्तुति र छलफलमा पनि मेयर सहित उनको टोली सहभागी भएको थियो

368740711_894039578261758_5865045699805014489_n1699063864.jpg

371508979_1990305044666131_7296880283317951860_n1699063920.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार