आज संसदका तीन समितिको बैठक बस्दै 

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न तीन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । 
प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति,कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
कानून, न्याय तथा मानव अधिकार समितिमानेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुर; बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा समितिमा छलफलहुने भएको छ । 
सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्नेबैठकमा नेपालका कारागारहरूमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी विषयमा छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ । 
यस्तै, प्रतिनिधिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बैठकमामाछा, दुध, मल र चिनीको बिक्री बितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपुर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल गरिने छ । 
साथै खाद्य स्वच्छता सम्वन्धी विधेयकको प्रगति विवरण सम्बन्धमा पनि समितिमा छलफल हुने सचिवालयले उल्लेख गरेको छ । 
यता खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन सम्बन्धमा छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको पनि बैठक बोलाईएको छ । बैठक दिउँसो १ बजे समिति सभाकक्ष सिंहदरबारभित्र बस्दै छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार