पुराना दलको औचित्य सकियो भन्नेलाई एकै ठाउँमा उभिएर जवाफ दिन्छौं : प्रधानमन्त्री दाहाल (भिडियो)

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने बताएका छन् । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहालले इतिहास विचार र राजनीतिक संघर्ष केही नभएकाहरुले पुराना पार्टीमाथि प्रश्न उठाएको भन्दै सबै दल एक ठाउँमा उभिएर जवाफ दिने तर्क गरे ।
‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कार देख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिन । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ’, प्रधानमन्त्रीले भने, ‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ ।’
उनले आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि राजनीतिक दलहरुको बीचमासहमती बनाउँन प्रयास गर्दै आएको बताए । उनले भने ‘हिजो प्रतिपक्ष दलको नेतासँग भएको कुरा पनि त्यसकै प्रयास हो र मलाई लाग्छ समझ्दारी बन्दै जान्छ । ’
त्यस्तै प्रधानमन्त्री दाहालले, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण नेपालको ठुलो कुटनीतिक सफलता भएको बताएका छन् ।
उनले भने, ‘अन्तरराष्ट्रिय भ्रमणका सन्दर्भमा जुन कुटनीतिक पहलहरु भए त्यसैको परिणाम ठान्छु मैले संयुक्त महासंघको महासचिव आजै राती नेपाल आउदैँ हुनुहुन्छ । जलवायु, शान्ति प्रक्रिया, आर्थिक विकासको लक्ष्य बारे कुराकानी गर्ने र केही भ्रमणहरु पनि रहेको छ । यसले नेपाली जनताको आवश्यकतामा सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने ठानेको छु । त्यसपछि कतारको राजा पनि नेपाल आउँदै हुनुहुन्छ यो सबै हाम्रो कुटनीतिक सफलता नै हो ।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार