अन्तर्वार्ता

सरकारले हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ? : कांग्रेस नेता अर्जुन नरसिंह केसी (भिडियो)

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् । 
नेपाल न्युज बैंकसंग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका सांसद केसीले नेता तथा व्यापारिका घरमा अरबौँ रकम अबैध सम्पति रहेको दाबी गरे । 
‘अहिले राष्ट्रका सम्पतिहरु, अरबौं अरब रुपैयाँ कालाबजारीदेखि राजनीतिक नेतृत्वसंग पनि डम्प भएर बस्या छ त्यो हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ सरकारले ? त्यहीँबाटै नयाँ विश्वास सुरु हुन्छ मान्छेमा होइन भने यही काला बजारिया भ्रष्टाचारका पैसाले राजनीतिलाई खेल मठेल गर्दागर्दै विकृती पैदा हुने थिति चै अन्त्य हुदैँन । त्यसको परिणाम चै हामीले ठुलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।’


उनले आम नागरिकलाई विश्वासमा लिन ठोस काम गर्न ढिला गर्न नहुने बताए । 
अर्को प्रशंगमा उनले अहिलेको राजनीतिप्रति आम नागरिकको चरम वितृष्णा बढेको भन्दै अब उनीहरुलाई विश्वासमा लिन कुरा होइन् काम गर्नु पर्ने बताए । 
संसद हो र होइन् भन्ने थलो मात्रै बनेको उनको टिप्पणी छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार