महालक्ष्मी–१० वडाको खुल्ला फुटबलमा भक्तपुर फुटबल क्लबलाई उपाधि (फोटोफिचर)

शनिबार, कात्तिक ४, २०८०

 

ललितपुर । नेपालीहरूको महान पर्व बिजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसर पारेर महालक्ष्मी नगरपालिका वडा न. १० तथा वडाका युवाहरूको संयुक्त आयोजनमा आयोजित खुल्ला फुटबल प्रतियोगितामा भक्तपुर फुटबल क्लव विजयी भएको छ । प्रतियोगिता जितेसँगै भक्तपुर फुटबल क्लबले ७० हजार नगद पुरस्कारसहित ट्रफि हात पारेकाे छ । दोस्रो हुने इमाडोल फुटबल क्लबले ३० हजार नगद र ट्रफि जितेको छ । 

fo 211697851086.jpg
फाइनल खेल भक्तपुर फुटबल क्लव र इमाडोल फुटबल क्लवबीच भएको थियो । फाइनलमा भक्तपुर क्लबले इमाडोल क्लबलाई ४–३ को गोल अन्तरले पराजित गरेकाे हो । 
प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरणसहित समापन समारोहको प्रमुख अतिथि महालक्ष्मी नगरपालिका १० नं वडाका वडाअध्यक्ष बिजय लामा रहेका थिए । समापन समारोहमा वडासदस्य बीरमान तामाङ, राजेन्द्र बिष्ट, सीता बि.क, समाजसेवी सुकुमान तामाङ, प्रहरी प्रमुख सञ्तोष शेखर कार्की, स्वास्थ्य प्रमुख बिसन नारायण चौधरी, समाजसेवी बुद्ध तामाङ, समाज सेवी सुरेश तामाङ, वडा सचिव शरद चन्द्र पौडेल,  बासुकी माविबीका प्रधानाध्यापक महेश  जोशीलगायतका महानुभवहरूको उपस्थिति रहेको थियो । 

fo 11697851029.jpg
६ दिनसम्म चलेको उक्त प्रतिस्पर्धामा प्रतियोगितामा विभिन्न जिल्लाका १२ वटा टिमको सहभागिता रहेको वडाअध्यक्ष विजय लामाले जानकारी दिए । भक्तपुर फुटबल क्लव र ललितपुरका इमाडोल फुटबल क्लवबीचको फाइनल खेल रोमञ्चक बनेको थियो । 

fo 121697851029.jpg
प्रतिस्पर्धात्मक तथा रोमञ्चक इमाडोल फुटबल क्लवलाई ४–३ गोल अन्तरले हराउँदै फाइनल खेलको उपाधि भक्तपुर फुटबल क्लवले जितेको हो । इमाडोल फुटबल क्लव दोस्रोमा चित्त बुझाउनु परेकाे छ । प्रतियोगिताका विजयी खेलाडी तथा टोलीलाई बधाई दिँदै वडाअध्यक्ष विजय लामाले खेल क्षेत्रलाई वडाले महत्वका साथ अगाडि बढाइरहेको बताए ।  

fo 201697851085.jpg
प्रतियोगिता भर प्रहरी प्रभाग लाकुरी भञ्ज्याडले सुरक्षा व्यवस्था मिलाएको थियो, लामाटार स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य सामाग्रीसहित सहयोग तथा खेललाई अनुशासित ढंगबाट सम्पन्न गर्न रेफ्रीसहितका स्थायनीय युवाहरूले पुरयाएको योगदानलाई वडाअध्यक्ष लामाले धन्यवाद दिएका छन् । 

fo 251697851155.jpg

fo61697851259.jpg

fo161697851429.jpg

fo231697851482.jpg

fo261697851484.jpg

fo121697851361.jpg

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार