पुराना पार्टीको परिपाटी अनुसरण गरे गन्तव्य पुग्न सकिन्न : सांसद शिशिर खनाल(भिडियो)

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खानालले राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना पार्टीहरुको परिपाटी अनुसरण गर्न नहुने बताएका छन् ।  काठमाडौं २ मा बिहीबार आयोजित पार्टीको भेलामा उनले पुराना पार्टीहरुको अनुसरण गर्न थाले आफूहरुको गन्तव्य पुराना पार्टीको भन्दा फरक नहुने बताए ।  उनले भने, ‘आजैदेखि हामी पुराना पार्टीहरुको अनुसरण गर्न थाल्यौं भने, हाम्रो गन्तव्य पनि उनीहरुको भन्दा फरक हुने छैन ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति सुरु गरेको बताए । यसका लागि वैकल्पिक बन्छु भनेर मात्र नहुने तर विकल्प दिन्छु भन्ने व्यवहार देखिन आवश्यक रहेको उनको भनाई छ । उनले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिलिे जनचासो र त्यहाँ हुने क्रियाकलाप बढेको बताए ।
‘हामी हजारौं युवा विदेश गए भनेर गुनासो गरिरहेका हुन्छौं तर के बुझिरहेका छैनौं भने, ती नेपाली भाइबहिनीहरु कक्षा १ मा पढ्दैगर्दा क ख ग समेत सिक्न सकिरहेका हुँदैनन् । मेरो रिसर्चले भन्छ, काठमाडौंका कक्षा ५ मा पुग्दाखेरि २० प्रतिशत हाराहारी विद्यार्थीहरुले मात्र क ख ग राम्रोसँग जानेका हुन्छन् । यदि हामीले सानैदेखि क ख ग सिकाउन सकेका छैनौं भने, ११–१२ पढ्दा उहाँहरुको क्षमता बढाउन सक्दैनौं भने हामीले कसरी रोजगारको सिर्जना गर्ने ?’
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार