ललितपुर महानगरद्धारा ललितपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान 

महानगर प्रमुख महर्जनले भने, ‘ व्यापार, व्यवसाय फस्टाउन सहकार्य गरौँ ’
शुक्रबार, कात्तिक ३, २०८०

ललितपुर । ललितपुर महानगरले ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
केहीदिनअघि सम्पन्न अधिवेशनमा विश्वराज बज्रचार्य नेतृत्वको समूह निर्वाचित भएको थियो । 
निर्वाचित पदाधिकारीहरुलाई महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले खादा, माला र टिका लगाएर सम्मान गरेका थिए । 
ललितपुर महानगर प्रमखु चिरीबाबु महर्जनले महानगर, ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको बताए । महानगर प्रमुख महर्जनले नगरसभाले पास गरेको दररेट अदलबदल गर्ने प्रस्ताव नराख्न ललितपुर उद्योग वाणिज्य संघसँग अनुरोध गरे । उनले भने, ‘अरु सबै विषयमा हामी सहकार्य गर्छौ, दररेट झारौं नभन्नुस है ,त्यसले हामी जनप्रतिनिधिलाई निकै अप्ठ्यारो पार्छ । ’ महानगरले विगतमा पनि ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेर थुप्रै उदाहरणीय काम गरेको स्मरण गरे ।

viber_image_2023-10-20_05-47-20-4321697762092.jpgमहानगर प्रमुख चिरीबाबु महर्जनले उद्योग,  व्यवसायको विकासका लागि संघलाई ठोस योजना सहित महानगरमा आउन अनुरोध गरे । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरको मात्रै होइन, मुलुकको अर्थतन्त्रलाई नै माथि उकास्न ललितपुर उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले भनिन्, ‘आर्थिक मन्दी खेपिरहेको वर्तमान अवस्थामा यो अवस्थाबाट मुलुकलाई माथि उठाउन तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ , व्यापार र व्यवसायलाई कहाँ पु¥याउने महत्वपूर्ण जिम्मेवारी तपाईंहरुको हो ।’

1653558288.jpg

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुरभित्रका व्यापार, व्यवसायलाई उच्च स्तरमा पु¥याउन नयाँ र सिर्जनशील योजना आवश्यक भएको उनको भनाई थियो । नवनिर्वाचित अध्यक्ष विश्वराज बज्राचार्यले महानगर सहित मुलुककै आर्थिक अवस्थालाई बलियो बनाउन संघको सरोकारवाला संघसंस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनल भने, ‘सहकार्य हामी महानगरसँग गर्छौ, सहयोग, सुझाव पाऊँ,सहकार्य गरौँ । ’ कोरोनापछि धराशायी बनेको पर्यटन व्यवसायलाई उकास्न विशेष योजना ल्याउनुपर्ने धारणा उनले राखे । उनले ललितपुर महानगरमा एउटा अडिटोरियम आवश्यक भएको बताए । अडिटोरियम हँुदा, सभा सम्मेलन देखि प्रदर्शनीहरु समेत गर्न पर्याप्त स्थान हुने उनको भनाई थियो  ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार