ललितपुर महानगरपालिका वडा नं. २३ द्धारा ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण (भिडियो)

बिहीबार, कात्तिक २, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २३ ले आफ्नो वडा भित्र स्थायी बसोबास गर्ने ६८ वर्ष माथिका दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।

IMG_01321697732472.jpg
वडा नं २३ को आव २०८०÷८१ को स्वास्थ्य तथा पोषण उपक्षेत्रअन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच तथा औषधि वितरण कार्यक्रममाफर्त वडामा स्थायी बाबसोबास भएका का ६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सुगर तथा प्रेसरको औषधि निःशुल्क वितरण गर्न सुरु गरेको हो ।

IMG_01601697732535.jpg
वडा कार्यालयले आज बिहीबार एक कार्यक्रमको आयोजना गरी तीन महिनालाई पुग्ने औषधि वितरण कार्यको थालनी गरेको छ । औषधि वितरण कार्यका शुभारम्भ वडा अध्यक्ष जीवन महर्जनले गर्नुभयो ।

IMG_01481697732515.jpg
आफूले खाने औषधिको प्रेसक्रिप्सनसहित निवेदन दिएका ६८ वर्ष नाघेका स्थायी वडावासीहरूलाई आजदेखि निःशुल्क औषधि वितरण गरिएको २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले जानकारी दिनुभयो ।

IMG_01171697732427.jpg
६८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रेसक्रिप्सनका आधारमा उहाँहरूले खाँदै भएको औषधि निःशुल्क वितरण गरिएको वडाअध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
निःशुल्क औषधि प्राप्तिका लागि ९० जना ज्येष्ठ नागरिकले चिकित्सकको प्रेसक्रिप्सनसहित निवेदन दिएका थिए । सुगर र प्रेसरका बिरामीलाई वडा कार्यालयले तीन महिनालाई पुग्ने औषधि निःशुल्क उपलव्ध गराएको छ ।

IMG_01271697732450.jpg
६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई वर्ष भरी नै सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गर्नेछौं वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘तीन—तीन महिनाका दरले औषधि वितरण गरिने छ ।’

IMG_01411697732498.jpg
वडाले लिएको नयाँ योजना अनुसार औषधि वितरण गरिएको हो उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकहरूको सेवाका लागि वडाले थप कार्यक्रम पनि ल्याउने छ । ज्येष्ठ नागरिकलाई उहाँहरूले खाइरहनु भएको सुगर र प्रेसरको औषधि अब किन्न नपर्ने गरी वडाबाट नै वर्ष भरी नै उपलव्ध गराउने छौं ।’
‘आफूले खाने औषधि सकिँदा अब परिवारका सदस्यलाई भन्ने होइन, सकिनु एक साताअघि नै वडा कार्यालय आउन म अनुरोध गर्दछु’, वडाअध्यक्ष महर्जनले भन्नुभयो,  ‘आज औषधि सकियो भनेर परिवारका सदस्यलाई घर फर्कंदा ल्याउन भन्दा कोही रातिको १० बजे आउलान् कसैले बिर्सेलान् । यस्तो नहोस भन्नाकै लागि एक साता अघि नै वडामा आएर औषधिको विवरण दिनु होला । यही विवरणका आधारमा हामीले तीन महिलाई पुग्ने औषधि उपलव्ध गराउने छौं ।’

IMG_01251697732426.jpg
चिकित्सककोमा जचाउन जाँदा औषधिमा फेर बदल भए लगत्तै वडा कार्यालयलाई पनि त्यसबारे जानकारी गराउन वडाअध्यक्ष महर्जनले ज्येष्ठ नागरिकलाई आह्वान गर्नुभयो ।
वडा कार्यालयले आगामी आर्थिक वर्षदेखि ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई उनीहरूले सेवन गरिरहेको सम्पूर्ण औषधि निःशुल्क उपलव्ध गराउने बारेमा गृहकार्य गरिरहेको वडाअध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

IMG_01841697732574.jpg
‘चिकित्सकलाई जचाउँने जाँदा लाग्ने फि पनि निःशुल्क वा के गर्न सकिन्छ त्यस बारेमा हामी सोच्दै छौं’, औषधि वितरण समारोहमा डाक्टरको फि पनि निःशुल्क गराइदिन गरिएको आग्रहको जवाफ दिने क्रममा वडाअध्यक्ष महर्जनले भन्नुभयो ।
वडा कार्यालयले आजै वडाका ज्येष्ठ सदस्यलाई सामाजिक सुरक्षा भत्ता रकम पनि उपलव्ध गराएको छ । सामाजिक सुरक्षा भत्ता रकम वितरणका लागि सिद्धार्थ बैंकका प्रतिनिधि वडा कार्यालयमा आएका थिए ।

IMG_01291697732469.jpg

 

IMG_01621697732546.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार