सार्वजनिक जग्गा संरक्षणमा ललितपुर महानगर वडा नं. २३ को अग्रसरता

  कब्जा गरिएको गैह्रीगाउँस्थित १२ आना जग्गामा बनेका संरचना भत्काइयो 
बिहीबार, असोज २५, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ ले आफ्नो वडा भित्रका सार्वजनिक जग्गा संरक्षणका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । यसै सन्दर्भमा होडिङग प्याकेजिङले वर्षाैंदेखि कब्जा गरिराखेको गैह्रीगाउँस्थित करिब १२ आना जग्गा संरक्षणका लागि हिजो बुधबार कदम चालेको वडा अध्यक्ष जीवन महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । वडा नं २३ ले सार्वजनिक जग्गा संरक्षणका लागि अभियान नै थाल्ने जानकारी दिँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘खाली गरिएको यो सार्वजनिक जग्गामा पार्क निर्माण गरिनेछ ।’ 

ra a1697075849.jpgवर्षाै अगाडिदेखि होडिङग प्यकेजिगले आफ्नो  बाल कम्पाउ भित्र पारेर संरचना निर्माण गरी प्रयोग गर्दै आएकोमा वडाअध्यक्ष जीवन महर्जन, वडासदस्य राजनमल्ल ठकुरी, किरण खड्कासहितका जनप्रतिनिनिधिको अगुवाईमा ऐरावत टोल सुधार समिति तथा गैह्रीगाउँ  टोल सुधार समिति तथा स्थायनीय वडावासीको सहकार्यमा डोजरको सहायतामा बनेका संरचना हटाएर सार्वजनिक जग्गा संरक्षण गरिएको वडा सदस्य राजनमल्ल ठकुरीले जानकारी दिनुभयो ।

arabat1697075840.jpg
होडिङग प्यकेजिग वर्षाैंदेखि करिब १२ आना जग्गा कब्जा गरी प्रयोग गर्दै आएको थियो, त्यसलाई हटाइएको छ वडा अध्यक्ष महर्जनले भन्नुभयो । 
होडिङ्ग प्याकेजिङ्गले जग्गा हडपेर बनाएको संरचना नेपाल डेरीलाई भाडामा दिएको थियो । करिब १२ आना सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन जन प्रतिनिधिको अगुवाईमा स्थानीय बासिन्दा, सुरक्षा निकायले सहयोग गरेको वडा सदस्य राजनले जानकारी दिनुभयो ।

rajan ara1697075848.jpg
सार्वजनिक सम्पत्ति तथा जग्गाको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो वडा अध्यक्ष महर्जनले भन्नुभयो, 'जनप्रतिनिधिहरूको निरन्तको ताकेता तथा स्थानीयको साथमा यो कार्य सम्भव भएको छ । आगामी दिनमा पनि सबै पक्षबाट यस्तै सहयोगको अपेक्षा वडा कार्यालयले गरेको छ ।’ 

arbet1697075840.jpg

arabat tol1697075834.jpg

arabat 11697075831.jpg

ara1697075811.jpg

Aarabat tol1697075808.jpg

 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार