महालक्ष्मी नगरपालिकाको बजार अनुगमन निरन्तर

नगर प्रमुख–उपप्रमुखले दिए दशैंको शुभकामनासहित उपभोग्य बस्तु विक्री गर्न व्यवसायीलाई निर्देशन
बिहीबार, असोज २५, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले सुरु गरेको बजार अनुगमन निरन्तर जारी छ । नगर प्रमुख हरि गोविन्द श्रेष्ठ तथा उपप्रमुख तथा महालक्ष्मी नगर बजार अनुगमन समितिकी संयोजक लक्ष्मी महर्जनको अगुवाईमा बजार अनुगमन गरिएको हो । नगरपालिकाको आर्थिक समिति संयोजक एवम् वडा नं १ का वडा अध्यक्ष छिरिङ लामा, महालक्ष्मी नगरपालिका वडा नं ५ का वडाअध्यक्ष कपिल केसी, प्रमुख प्रशासकीय अधिकृति रुद्रलाल भुसाल,  महालक्ष्मी उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी, नगरपालिका विभिन्न शाखाका कर्मचारी, सञ्चारकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो । 

385505834_1450040675862294_413422037920093037_n1697071223.jpg
चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नहोस्,  मूल्य वृद्धि गरी व्यवसायीले उपभोक्ता नठगुन, अखाद्य बस्तुको विक्री वितरण रोक्न बजार अनुगमन गरिएको हो । 

बजार अनुगमनका लागि लुभु पुग्नु भएका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले व्यवसायीलाई नजिकिएको दशैंको शुभकामना दिँदै व्यवसाय गर्न आवश्यक कागजात चुस्त दुरुस्त पार्न आह्वान गर्नुभयो । 

370212057_165327413302284_8815997807517019346_n1697071214.jpg
‘महालक्ष्मी नगरपालिका बाहेक अन्य निकाय आएर अनुगमन गर्दा स्थिति अर्काे हुनसक्छ । त्यसैले आवश्यक कागजात चुस्त दुरुस्त पार्नुहोस् । दशैंको शुभकामना’ नगरप्रमुख श्रेष्ठले अनुगमनका क्रममा व्यवसायीलाई भन्नुभयो ।

369719902_6891479404207127_8327125738904505264_n1697071205.jpg
बजार अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख लक्ष्मी महर्जनले पनि दशैंको शुभकामना दिँदै म्याद गुज्रेका तथा अखाद्य सामग्री नबेच्न व्यवसायीलाई सचेत गराउनुभयो ।

387507042_266254019731623_3820924691169312745_n1697071238.jpg
बजार अनुगमन टोलीले होटेल, खाजा पसल, मासु पसल, कस्मेटिक पसल, मार्ट समेतको को अनुगमन गरेको थियो । 

387458196_1033974817800189_1685433422441787281_n1697071234.jpg

चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नहोस र मूल्य वृद्धिको मारमा उपभोक्ता नपरुन भनेर अनुगमन गरिएको नगर उपप्रमुख एवम् महालक्ष्मी नगर बजार अनुगमन समिति संयोजक महर्जनले बताउनु भयो । अनुगमनका क्रममा नगर प्रमुख तथा उपप्रमुखले व्यवसायीलाई मूल्य सूची टाँस गर्न निर्देशन दिनु भएको छ ।  

370072761_349134321020189_5991010748226727877_n1697071205.jpg
अनुगमन टोलीले मूल्य सूची, व्यवसाय दर्ता/नविकरण, नापतौल सामग्री दुरुस्त भए/नभएको, लेबल खुलाउनु पर्ने कुराहरू स्पष्ट उल्लेख भए/नभएको, म्याद नाघेको सामग्री, पान-भ्याटमा दर्ता, नगरपालिकामा व्यवसायी दर्ता भए/नभएको, बिक्री बिल दिने व्यवस्था, मासुको गुणस्तर तथा सफाइ तथा म्याद नागेका सामान व्यवस्थापनका विषयमा सुष्म तरिकाले हेरेको थियो ।

387472761_352343373807906_6752907166921664153_n1697071236.jpg

385510337_1040653127085291_7105593972610297306_n1697071232.jpg

370288167_3544983675749876_5005616369319852836_n1697071214.jpg

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार